सम्पत्ति शुद्धीकरण विभागको जिम्मेवारी निर्मल ढकाललाई

राष्ट्रपाटी न्युज

बैशाख १५, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई दिइएको छ। अर्थ मन्त्रालयले सहसचिव ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो।

अर्थ मन्त्री स्वर्णिम वाग्लेको सचिवालयका अनुसार सोही विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।

सरकारले पछिल्लो समय गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिमाथि तीव्र छानबिन सुरू गरेको छ।


Published :बैशाख १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media