राष्ट्रिय अर्किड बोर्डिङ हाई स्कूल(NOBS)मा साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रपाटी न्युज

बैशाख २४, २०८३
काठमाडौं। लियो क्लब अफ काठमाडौं सहयात्रीद्वारा २०८२ साल जेठ २४ गते बिहीबार राष्ट्रिय अर्किड बोर्डिङ हाई स्कूल (NOBS) मा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी साइबर सुरक्षा सम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रममा इन्टरनेट तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराधबाट बच्ने उपाय, व्यक्तिगत विवरणको सुरक्षा, अनलाइन ठगी तथा डिजिटल सचेतनाका विषयमा जानकारी प्रदान गरिएको थियो। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाएको थियो।
यस कार्यक्रमले विद्यार्थीहरूमा डिजिटल सुरक्षा सम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै जिम्मेवार र सचेत डिजिटल नागरिक बन्न प्रेरित गर्ने विश्वास क्लब अध्यक्ष लियो प्रियंका श्रेष्ठले व्यक्त गरेकी छन्।

Published :बैशाख २४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media