एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

राष्ट्रपाटी न्युज

बैशाख २८, २०८३

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थीले सहभागी थिए। जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका हुन् ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।


Published :बैशाख २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media