बेरुजु साढे ७ खर्बमाथि, एक वर्षमै ८८ अर्ब नौ करोड थप

राष्ट्रपाटी न्युज

जेष्ठ १, २०८३

काठमाडौं । देशको कूल बेरुजु रकम साढे ७ खर्ब रुपैयाँमाथि पुगेको छ। महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको उल्लेख छ।
महालेखापरीक्षकको कार्यालयले आव २०८१-८२ मा संघीय, प्रदेश , स्थानीय तह, संगठित संस्था र संघीय कानुनद्वारा तोकिएका अन्य संस्था तथा समितिको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरेको छ।
गत भदौ २३ र २४ को आन्दोलन र घटनाका कारण १७९ कार्यालय तथा निकायको लेखा र सोसम्बन्धी स्रेस्ता पेस नभएकाले एक खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखापरीक्षक गरिएको छैन।
लेखापरीक्षणबाट आर्थिक वर्ष २०८१र८२ मा विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गर्नुपर्ने सैद्धान्तिक बेहोराका ८८ अर्ब नौ करोड बराबरको बेरुजु फेला परेको छ। संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ पाँच अर्ब २३ करोड, स्थानीय तहतर्फ १९ अर्ब पाँच करोड, समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड रुपैयाँ बराबरको बेरुजू रहेको छ।


Published :जेष्ठ १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media