प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय समितिमा सात उजुरी

राष्ट्रपाटी न्युज

जेष्ठ ३, २०८३

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेको छ । सङ्घीय संसद् सचिवालयले उक्त जानकारी दिएको हो ।

वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । समितिले उनलाई प्रधानन्यायाधीश पदका लागि अनुपयुक्त ठान्ने व्यक्तिहरूलाई स्पष्ट आधार र प्रमाणसहित उजुरी दिन सार्वजनिक सूचना जारी गरेको थियो ।
उजुरी दर्ताका लागि १० दिनको समय तोकिएको थियो भने उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको थियो । उजुरी दिने समय सोमबारसम्म कायम रहेको बताइएको छ ।

समितिमा प्राप्त उजुरीहरूमाथि छलफल र छानबिन गरिनेछ । त्यसपछि मात्रै प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग प्रत्यक्ष संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने जनाइएको छ ।


Published :जेष्ठ ३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media