नेप्से सामान्य अंकले घट्दा २ अर्ब ४५ करोडको कारोबार

राष्ट्रपाटी न्युज

जेष्ठ ४, २०८३

काठमाडौं । सेयर कारोबार साताको पहिलो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा पुगेको हो। यसदिन ३३९ वटा स्क्रिप्सको ५८ लाख  २८ हजार ६०४ कित्ता सेयर २ अर्ब ४५ करोड ८ लाख  ७८ हजार  ४४९ रुपैयाँमा खरिदबिक्री भए।

सेयर बजार सामान्य अंकले घटेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। इङ्वा हाइड्रोपावरको सेयर सर्वाधिक ८.४२ प्रतिशतले बढ्यो।

८४ करोडको सेयर कारोबार गरी साहसा उर्जा शीर्षस्थानमा रह्यो। रिलायन्स स्पिनिङ्स मिल्सले ७३ करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालले ७१ करोड,अपी पावरले ६१ करोड र शिवम् सिमेन्टले ५७ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये ११९ वटा स्टक्सको मूल्य बढ्दा १३२ वटाको घट्यो। १८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँचवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका छन्।


Published :जेष्ठ ४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media