शेयर बजारमा ओरालो यात्रा जारी, नेप्सेमा एकल अंकको गिरावट

राष्ट्रपाटी न्युज

जेष्ठ ५, २०८३

काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन नेप्से परिसूचक साढे ६ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा पुगेको छ।

अघिल्लो दिन सोमबार नेप्से परिसूचक  १.०३ अंकले घटेको थियो। सो दिन २ अर्ब ४५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३४६ वटा स्क्रिप्सको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर ३ अर्ब ८ करोड ७७ लाख ३० हजार ९६२ रुपैयाँमा खरिदबिक्री भए।
नेप्से घटेपनि कारोबार रकम सोमबारको तुलनामा वृद्धि भएको हो।

कारोबारमा आएकामध्ये ११३ वटा स्टक्सको मूल्य बढ्दा १४५ वटाको घट्यो। १२ वटाको  मूल्य स्थिर रह्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक १४.२६ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सिटी होटल शीर्षस्थानमा रह्यो। उक्त होटलको २३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। साहस उर्जाले ९ करोड बराबरको कारोबार गर्दा आँखु खोला जलविद्युत  करोड,कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाइ प्यानल नेपालले ८/८ करोडको सेयर कारोबार गरे।

चारवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,फाइनान्स,माइक्रोफाइनान्स र नन लाइफ इन्स्योरेन्सको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिएका हुन्।


Published :जेष्ठ ५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media