आजको मौसम पूर्वानुमानः केही भूभागमा वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०८३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।

यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ। साथै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Published :जेष्ठ ६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media