दुर्गा प्रसाईं पक्राउबारे लिखित जवाफ पेस गर्न आदेश

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०८३

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज हाल जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका प्रसाईँको हकमा अधिवक्ता आशिष लुइँटेलले दायर गरे बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु ।’


Published :जेष्ठ ६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media