उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान निर्वाचित

राष्ट्रपाटी न्युज

जेष्ठ ८, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। उनले ५६ मत प्राप्त गर्दै प्रतिस्पर्धी रामचन्द्र संघईलाई पराजित गरेका हुन्। संघईले ३० मत प्राप्त गरेका थिए।
वरिष्ठ उपाध्यक्ष पदका लागि प्रारम्भमा तीन जना उम्मेदवार रहेकामा हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएपछि वैद्य र संघईबीच प्रतिस्पर्धा भएको थियो।
त्यसैगरी, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन्। प्रधानले ६१ मत प्राप्त गर्दा प्रतिस्पर्धी अम्बिका पौडेल ले २५ मत पाएको निर्वाचन समितिले जनाएको छ।
महासंघको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो। महासंघको विधान २०४९ (सातौँ संशोधन) अनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको चयन कार्यकारिणी समितिबाट हुने व्यवस्था रहेकाले सोहीअनुसार आज निर्वाचन गरिएको हो ।


Published :जेष्ठ ८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media