
काठमाडौं । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ।
वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएका उनलाई मंगलबार अदालतले साधारण तारेखमा छाड्न भनेको हो।
विद्युतीय कारोबार र राज्यविरुद्धको कसूर अभियोगमा मुद्दा चलाइएका उनलाई न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले पनि प्रसाईंलाई थप हिरासतमा नराख्न आदेश दिएको थियो । थपिएको म्यादभित्रै अनुसन्धान टुंग्याएर मुद्दा लैजान सर्वोच्चले भनेको थियो । दोस्रो म्याद आइतबार सकिएसँगै मुद्दा अदालत लानैपर्ने बबामा प्रहरी थियो । त्यही भएर सोमबार उनीविरुद्ध मुद्दा चलेको थियो ।