
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत जाने भएका छन् । भ्रमणबारे पार्टीले आइतबार औपचारिक घोषणा गरेको हो ।
भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सभापति भ्रमणमा जान लागेको रास्वपा प्रवक्ता मनिष झाद्वारा आइतबार राति जारी प्रेस विज्ञप्तिमा छ ।
भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ताहरू गर्ने जनाइएको छ । राजनीतिक भेटघाटसँगै उनले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । उनी अयोध्या पनि जानेछन् ।
सभापति लामिछानेसँगै भ्रमणमा सांसद एवं पार्टीका सहमहामन्त्री बिपिनकुमार आचार्य, सचिवालय सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य हुनेछन् ।