मौसम पूर्वानुमानः देशका केही भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने

राष्ट्रपाटी न्युज

जेष्ठ २५, २०८३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको जनाएको छ।

महाशाखाका अनुसार अहिले देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ । यसै प्रभावका कारण कोशी प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा, अनि बाँकी हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ । यस्तै, मधेस प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ । बाँकी हिमाली र पहाडी भूभागका एकदुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ।


Published :जेष्ठ २५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media