दीपक भट्ट र सुलभ अग्रवाल थप तीन दिन थुनामै रहने

राष्ट्रपाटी न्युज

जेष्ठ २५, २०८३

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक म्याद थप गरेको छ ।

न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन/तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालमा प्रतिवेदन बुझाइसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बिमासम्बन्धी कसुर र धितोपत्र ऐनसम्बन्धी कसुरमा छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालमा बुझाइसकेको छ । सीआइबीले बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ ।


Published :जेष्ठ २५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media