पोखरा–दुबई नियमित हवाई उडान अनुमति

राष्ट्रपाटी न्युज

जेष्ठ २७, २०८३

काठमाडौँ । अब पोखरा दुबई नियमित हवाई उडान हुने भएको छ । आगामी भदौ ७ गतेदेखि पोखराबाट फ्लाइ दुबईले नियमित उडान भर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

पोखरामा साँझ सवा ६ बजे अवतरण गर्ने जहाज सवा ७ बजे दुबईका लागि उड्ने छ। यो यात्रा करिब ५ घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार पहिलो चरणमा फ्लाइ दुबईले १ महिनाको लागिमात्र उडान अनुमति लिएको छ।


Published :जेष्ठ २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media