संविधानका कमजोर र जटिल पक्षको पुनरावलोकन गर्न एमालेको उपसमिति

राष्ट्रपाटी न्युज

जेष्ठ ३१, २०८३

काठमाडौं । नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदलले संविधानका कमजोर र जटिल पक्षको पुनरावलोकन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल तथा कमजोर पक्ष, कार्यान्वयनका क्रममा देखिएका जटिलता तथा संशोधनका आवश्यकताबारे अध्ययन गरी प्रस्ताव तयार गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको हो।

उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्। उपसमितिले सुझाव सङ्कलनको कार्ययोजना र विस्तृत कार्यतालिका आगामी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ।


Published :जेष्ठ ३१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media