
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका लिउ हाइक्सिङसँग भेटवार्ता गरेका छन् ।
बेइजिङमा सोमबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, दुई देशका राजनीतिक दलबीचको आदानप्रदान विस्तार गर्ने तथा जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भएको बताइएकाे छ ।
बेइजिङमा भएको भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइक्सिङसँग भेटवार्ता गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।
खनालका अनुसार छलफलमा नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने, पार्टी-पार्टीबीचको सहकार्य विस्तार गर्ने तथा दुई देशका नागरिकबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विशेष जोड दिइएको थियो ।