केही छिनको वर्षाले काठमाडौँका सडक डुबानमा, यातायात र यात्रुलाई सास्ती

राष्ट्रपाटी न्युज

असार ३२, २०८३

काठमाडौं । बिहीबार दिँउसोको बर्षाका कारण काठमाडौंका बिभिन्न सडक डुवानमा परेको छ । बर्षाका कारण काठमाडौंको माइतीघर, पुतलीसडक, धोबीखोला करिडोरलगायतका बिभिन्न स्थानका सडक डुवानमा परेको हो ।

बर्षाका कारण सबैभन्दा बढि व्यस्त रहने माइतीघर सडक डुवानमा परेको छ । माइतीघर क्षेत्रको पुरै सडक डुवान परेपछि सो क्षेत्रको यातायात अस्तव्यस्त बनेको छ । सडक डुवानमा परेपछि यातायात आवागमन र पैदलयात्रीलाई यात्रा गर्न समस्या भएको थियो । काठमाडौंका केहि स्थानमा केही छिनको बर्षाले पनि सडक डुवान हुने गरेको छ ।


Published :असार ३२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media