दुइ बिषयमा उच्चतम जिपिए सहित प्रशान्ति स्कुल काठमाडौंमै उत्कृष्ट

राष्ट्रपाटी न्युज

साउन २७, २०८३

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा २०८२ मा उच्चतम नतिजा हासिल गर्ने विद्यार्थी भाइ–बहिनीहरू, सर्वोत्कृष्ट विषय शिक्षकहरू र उत्कृष्ट विद्यालयहरूलाई सम्मान गर्न एन प्याब्सनले आयोजना गरेको विशेष सम्मान समारोह इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विकाश तथा समन्वय इकाइ काठमाडौंका प्रमुख सुरेश राज जोशी रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष अमृत खड्काले गरेका थिए ।

समारोहमा प्रशान्ति एकेडेमीले अङ्रेजी र नेपाली २ वटा विषयहरुमा उत्कृष्टता हासिल गरेकोले सबै विषय शिक्षकहरूलाई उत्कृष्ट शिक्षक सम्मान प्रदान गरिएको थियो । परीक्षामा सोही विद्यालयले औसत ३.६९ ल्याएको हुदा २२ जना सम्मका विद्यार्थीहरूको वर्गमा उत्कृस्टता हासिल गर्यो। २२ जना भन्दा माथिल्लो समुहबाट उत्कृष्ट स्कुलको पुरस्कार भिमेश्वोर एकडेमिले प्राप्त गर्यो।


Published :साउन २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media