
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारको नियत र इमानदारीमा प्रश्न नरहे पनि राज्य सञ्चालनमा अझै सुधार आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद झाले सरकारको राज्य सञ्चालन गर्ने शैलीमा कतिपय ठाउँमा कमजोरी देखिएको टिप्पणी गरे । उनले राज्य सञ्चालन, लोकतन्त्रको रक्षा र संविधान संरक्षणका लागि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई सरकारले मूलमन्त्र बनाउनुपर्ने बताए।
उनले सरकारको नियत र इमानदारीमाथि आफूलाई कुनै शंका नरहेको स्पष्ट पार्दै राज्य सञ्चालनलाई अझ प्रभावकारी बनाउन कमजोरी स्वीकारेर अघि बढ्नुपर्नेमा जोड दिए।
उनका अनुसार राज्य सञ्चालनमा सरकारकाे ढंग र कार्यशैली पुगेकाे छैन । सांसद झाले राज्य सञ्चालनका क्रममा आफूलाई सबै कुरा थाहा छ भन्ने सोचले समस्या निम्त्याउन सक्ने बताए। अज्ञानता स्वीकार गर्दै नजानेका विषय सिक्ने संस्कारको विकास गर्नुपर्ने उनको भनाइ छ।
राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वासलाई मूलमन्त्र बनाएर अघि बढ्नुपर्ने उनले बताए ।
सरकारले आफ्ना कमजोरी स्वीकार गर्दै राज्य प्रणाली सञ्चालनका विभिन्न पक्षमा सुधार गर्नुपर्ने उल्लेख गर्दै सांसद झाले हरेक दिन राज्य सञ्चालनको शैलीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको बताए।