प्रतिनिधिसभामा तीनवटा विधेयक प्रस्तुत

राष्ट्रपाटी न्युज

साउन २५, २०८३

काठमाडौँ | प्रतिनिधि सभाको सोमबारको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित तीनवटा विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानुन र श्रम मन्त्रालयका तर्फबाट तीन विधेयकहरू सदनमा पेस गरिएको हो।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गरे । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गरिन् । बैठककै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गरे ।

तीनैजना मन्त्रीहरूले सम्बन्धित विधेयकहरू प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । अनुमति माग्ने प्रस्तावमा कसैले पनि कुनै सांसदले विरोधको सूचना दर्ता नगरेकाले ती विधेयकहरूले सदनमा औपचारिक रूपमा प्रवेश पाएका हुन्।


Published :साउन २५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media