‘ब्रोड पिक’मा निधन भएका नेपालीको शव आज काठमाडौं ल्याइँदै

राष्ट्रपाटी न्युज

साउन २६, २०८३

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौं ल्याइँदै छ ।

निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव साउन २१ गते नेपाल ल्याइसकिएको छ ।

दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीनजनाको शव फिर्ता ल्याउन बाँकी छ ।


Published :साउन २६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media