पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति

राष्ट्रपाटी न्युज

साउन २८, २०८३

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थपेको छ।

अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्थाका प्रधान सम्पादकसमेत रहेका श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

पत्रकार श्रेष्ठलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो। साइबर ब्युरोमा परेको उजुरीका आधारमा उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो।


Published :साउन २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media