रास्वपा सचिवालयमा ११ जना मनोनीत, विभागीय जिम्मेवारीसमेत तोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा ११ जना मनोनीत भएका छन्। पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो।

त्यस्तै गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल (ललितपुर), समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा सचिवालय सदस्यमा मनोनीत भएका हुन्।

त्यस्तै रास्वपा बैठकले ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। मोनोनीत हुनेमा पूर्वाधार विकासमन्त्रीसमेत रहेका सुनिल लम्साल, भूपदेव साह, गृहमन्त्रीसमेत रहेका सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, बसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी छन्।

रास्वपा बैठकले विभागीय प्रमुखको जिम्मेवारीसमेत तोकेको छ। जसमा सार्वजनिक सेवा तथा जनगुनासोमा विजय जैरु, जनस्वास्थ्यमा डा. तोसिमा कार्की, अन्तर्राष्ट्रिय समन्वयमा शिशिर खनाल, अर्थमा लिमा अधिकारी, प्रशिक्षणमा विपिन आचार्य र कमल सुवेदी र संगठनमा प्रमोद न्यौपानेलाई जिम्मेवारी तोकेको छ।

त्यस्तै पाँच जनालाई पदाधिकारीमा मनोतीत गर्दै रास्वपाले जिम्मेवारीसमेत तोकेको छ। जसमा प्रवक्तामा जगदीश खरेल, सहप्रवक्तामा सुरेन्द्र चौधरी र डा. नविता यादव, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, कोषाध्यक्षमा मनोहर प्रधान र सह-कोषाध्यक्षमा बसुमाया तामाङ छन्।


Published :भदौ ५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media