Close Menu
    आजका समाचार

    चाररातेमा पर्यटकको घुइँचो

    मंसिर ६ २०८३, आइतवार

    ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

    मंसिर ६ २०८३, आइतवार

    चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

    मंसिर ६ २०८३, आइतवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • चाररातेमा पर्यटकको घुइँचो
    • ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई
    • चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
    • बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै रसुवाको गोसाइँकुण्ड
    • आजको मौसमः कोशी र मधेशमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात
    • दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक
    • सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा
    • प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»खेलकुद»दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
    खेलकुद मंसिर ६ २०८३, आइतवार

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ६ २०८३, आइतवारNo Comments0 Views
    Clock मंसिर ६ २०८३, आइतवार

    कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुरिरहेको प्रादेशिक रङ्गशाला र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर क्षेत्र । तस्बिरः सुरेश आचार्य/रासस

    सुर्खेत । बहुप्रतिक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् ।

    दसौँ राष्ट्रिय खेलकुदलाई भव्यतापूर्वक सफल बनाउन सिङ्गो कर्णाली प्रदेश सरकार व्यवस्थापनमा जुटेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही विभिन्न बैठकमा सहभागी हुने, छलफल गर्ने र प्रतियोगितालाई व्यवस्थित बनाउने ध्याउन्नमा केन्द्रित भएका छन् ।

    प्रतियोगिताको मिति नजिकिएसँगै सुर्खेत आउने अतिथि, खेलाडी, प्रशिक्षक, अफिसियल, दर्शकलगायत खेलप्रेमीको स्वागतार्थ विभिन्न स्थानमा स्वागतद्वार निर्माण गर्न थालिएको छ । वीरेन्द्रनगरका बजार क्षेत्रमा दसौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि माइकिङ भइरहेको छ ।

    घरेलु खेलकुद सबैभन्दा ठूलो प्रतियोगिताको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुने तय भए पनि मुख्य खेलहरू यही मङ्सिर ८ गतेदेखि सुरु हुँदैछन् । यतिबेला खेलकुदको ‘महाकुम्भ’ दसौँ राष्ट्रिय खेलकुदको व्यग्र प्रतीक्षा सुरु भएको छ । राष्ट्रिय खेलकुद नवौँ संस्करण यसअघि २०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो ।

    प्रतियोगिता नजिकिएसँगै विदेशमा रहेका खेडाली स्वदेश फर्कन थालेका छन् । कतिपय खेलाडी बन्द प्रक्षिणमा जुटिसकेका छन् । दसौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन् । प्रतियोगिताका खेल सात जिल्लामा सञ्चालन हुनेछन् ।

    सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन् भने लुम्बिनी प्रदेशको नेपालगन्ज र बर्दिया तथा कर्णालीको सल्यानमा समान दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा समान एक खेल हुनेछन् ।

    कर्णालीका मुख्यमन्त्री शाही प्रतियोगिताका लागि पूर्वाधार निर्माण सम्पन्न भइसकेको र खेलका लागि तयारी अवस्थामा रहेको बताउनुहुन्छ । “पूर्वाधार सामान्य मर्मत गर्नेबाहेक सबै खेल स्थान प्रतियोगिताका लागि तयारी भइसकेका छन्, कतिपय खेल सामग्री आइसकेका छन्, कति आउने क्रममा छन्”, मुख्यमन्त्री शाहीले भने ।

    मुख्यमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा अधिकारीको बैठकले प्रतियोगितामा सुरक्षा कमजोरी हुन नदिन सुरक्षा तैनाथी बढाउने र सिसीटिभी क्यामेराबाट निगरानी गर्ने निर्णय गरेको छ । प्रतियोगिताको सुरक्षार्थ दुई हजार सुरक्षाकर्मी खटिनेछन् ।

    प्रतियोगितास्थल, मुख्य चोक तथा नगर क्षेत्रमा २०० भन्दा बढी सिसीटिभी क्यामेरा जडान गरिएका छन् । प्रतियोगितामा सहभागी हुन आउने खेलाडी, प्रशिक्षक, अतिथि तथा खेलप्रेमीलाई आवासको अप्ठ्यारो भोग्नु नपरोस् भनेर होटलमा पर्याप्त कोठाको व्यवस्था गरिएको छ ।

    प्रतियोगितालाई व्यवस्थित बनाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिङ्गो टोली सुर्खेतमा खटिएको छ । विभिन्न उपसमिति निर्माण गरेर तयारीका कामलाई तीव्र पारिएको दसौँ राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमितिका संयोजक मोनालिसा खम्बुले जानकारी दिए ।

    यसअघि २०३८ सालमा काठमाडौँमा पहिलो, २०४० सालमा पोखरामा दोस्रो, २०४२ सालमा वीरगन्जमा तेस्रो, २०५५ सालमा नेपालगन्जमा चौथो, २०६५ मा काठमाडौँमा पाँचौँ, २०६८ मा सुदूरपश्चिममा छैटौँ, २०७३ मा पूर्वाञ्चलमा सातौँ र २०७५/७६ मा लुम्बिनीमा आठौँ राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।

    एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा

    प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुँदैछ । राखेपका अनुसार ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगिताको औपचारिक उद्घाटनअगावै कतिपय खेल सञ्चालन हुने संयोजक खम्बुले जानकारी दिनुभयो । प्रतियोगिता उद्घाटनअघि विभिन्न १० खेल सञ्चालन हुनेछन् ।

    प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र एनआरएनए गरी ११ टोलीको सहभागिता रहने छ । दसौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ ‘इभेन्ट्स’ समावेश छन् ।

    प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन् । त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन् । राखेपले पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । जसमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले रु २० हजार, रजतले रु १५ हजार र कास्य विजेताले रु आठ हजार पाउनेछन् ।

    त्यसैगरी, टोली स्पर्धामा स्वर्ण पदक विजेताले रु १५ हजार, रजतले रु १० हजार र कास्यले रु आठ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि २५८ अन्तरराष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक रहनेछन् । त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल सङ्घका ९६ प्रतिनिधि पनि प्रतियोगितामा परिचालित हुने राखेपले जनाएको छ ।

    चार खेल लुम्बिनीमा

    प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुनेछन् । प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस खेल हुँदैछन् । ती खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत तथा व्यवस्थापन भइसकेको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो ।

    नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा पौडी र सुटिङ तथा बर्दियाको ठाकुरबाबा नगरपालिकाको भूरीगाउँस्थित कभर्ड हलमा खोखो र गुलरियास्थित कभर्ड हलमा टेनिस खेल हुनेछ । दसौँ राष्ट्रिय खेलकुदको समापन भने यही मङ्सिर २७ गते सुर्खेतमा हुनेछ ।

    अशोक घिमिरे/रासस

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

    मंसिर ६ २०८३, आइतवार

    दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

    मंसिर ६ २०८३, आइतवार

    प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

    मंसिर ६ २०८३, आइतवार

    दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न

    मंसिर ५ २०८३, शनिबार

    एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

    मंसिर ५ २०८३, शनिबार

    एनपीएल तेस्रो संस्करणको उपाधि सुदूरपश्चिमलाई,  लुम्बिनी १० विकेटले पराजित

    मंसिर ५ २०८३, शनिबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    जिल्ला समाचार

    चाररातेमा पर्यटकको घुइँचो

    By Manoj Khatiwadaमंसिर ६ २०८३, आइतवार0

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ । विभिन्न…

    ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

    मंसिर ६ २०८३, आइतवार

    चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

    मंसिर ६ २०८३, आइतवार

    बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै रसुवाको गोसाइँकुण्ड

    मंसिर ६ २०८३, आइतवार

    आजको मौसमः कोशी र मधेशमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

    मंसिर ६ २०८३, आइतवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.