Close Menu
    आजका समाचार

    नयाँ सरकार गठनपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको पोखरेलेको टिप्पणी

    मंसिर ६ २०८३, आइतवार

    प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

    मंसिर ६ २०८३, आइतवार

    एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

    मंसिर ६ २०८३, आइतवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • नयाँ सरकार गठनपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको पोखरेलेको टिप्पणी
    • प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना
    • एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
    • नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग
    • प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्री श्रेष्ठले दैनिक प्रशासनिक कार्य सम्हाल्ने
    • प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा
    • दुईदिने भ्रमणका लागि प्रधानमन्त्री शाह भारत प्रस्थान
    • चाररातेमा पर्यटकको घुइँचो
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»खेलकुद»दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक
    खेलकुद मंसिर ६ २०८३, आइतवार

    दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ६ २०८३, आइतवारNo Comments0 Views
    Clock मंसिर ६ २०८३, आइतवार

    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    कर्णाली । यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगितास्थल सार्वजनिक गरिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद्ले आज सार्वजनिक गरेको विवरणमा एथ्लेटिक्स, महिला र पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपकताक्रो, हक्की, भलिबल, कबड्डी सुर्खेतमा सञ्चालन हुने उल्लेख छ ।

    त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबुल टेनिस, उसु, तेक्वान्दो, जिम्न्याष्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारत्तोलन, साइक्लिङ, इस्पोर्टस् पनि सुर्खेतकै विभिन्न स्थानमा सञ्चालन हुने परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिए ।

    उहाँका अनुसार, टेनिस, महिला तथा पुरुष खो–खो (बर्दिया), पौडी र सुटिङ (नेपालगञ्ज) हुनेछ ।

    त्यस्तै, जुडो र कुस्ती (सल्यान), आइटिएफ तेक्वान्दो (दैलेख), महिला तथा पुरुष फुटबलको सेमी र फाइनल खेल (जुम्ला), बुद्धिचाल (कालीकोट), शारीरिक सुगठन (पश्चिम रुकुम)मा हुनेछ ।

    सदस्यसचिव मेहत्ताका अनुसार सुर्खेतमा २२, सल्यानमा दुई, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक-एक खेल हुनेछन् ।

    त्यस्तै, बाँके र बर्दियामा दुई-दुई खेल सञ्चालन गरिनेछ । केही खेल यही मङ्सिर ८ गतेदेखि सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक समुद्घाटन भने यही मङ्सिर १६ गते गरिने छ ।
    प्रतियोगितामा ६ हजार खेलाडी र तीन हजार अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।

    कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

    उनका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी तुल्याउन आयोजक मूल समारोह समितिसहित विभिन्न १४ वटा समिति गठन गरिएको छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

    मंसिर ६ २०८३, आइतवार

    ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

    मंसिर ६ २०८३, आइतवार

    प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

    मंसिर ६ २०८३, आइतवार

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

    मंसिर ६ २०८३, आइतवार

    दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न

    मंसिर ५ २०८३, शनिबार

    एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

    मंसिर ५ २०८३, शनिबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    राजनीति

    नयाँ सरकार गठनपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको पोखरेलेको टिप्पणी

    By Manoj Khatiwadaमंसिर ६ २०८३, आइतवार0

    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ भनिएको सरकार गठन भएपछि सबैभन्दा बढी पीडा…

    प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

    मंसिर ६ २०८३, आइतवार

    एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

    मंसिर ६ २०८३, आइतवार

    नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

    मंसिर ६ २०८३, आइतवार

    प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्री श्रेष्ठले दैनिक प्रशासनिक कार्य सम्हाल्ने

    मंसिर ६ २०८३, आइतवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.