Close Menu
    आजका समाचार

    चाररातेमा पर्यटकको घुइँचो

    मंसिर ६ २०८३, आइतवार

    ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

    मंसिर ६ २०८३, आइतवार

    चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

    मंसिर ६ २०८३, आइतवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • चाररातेमा पर्यटकको घुइँचो
    • ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई
    • चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
    • बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै रसुवाको गोसाइँकुण्ड
    • आजको मौसमः कोशी र मधेशमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात
    • दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक
    • सन्तानेश्वर मन्दिर संरक्षण र पूर्वाधार विकासको पर्खाइमा
    • प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»खेलकुद»‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई
    खेलकुद मंसिर ६ २०८३, आइतवार

    ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ६ २०८३, आइतवारNo Comments0 Views
    Clock मंसिर ६ २०८३, आइतवार

    खोटाङ। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले जितेको छ । खार्मीस्थित शिखर स्पोर्टस क्लबको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सोल्माले उपाधि जितेको हो ।

    पहिलो संस्करणको उपाधि विजेता सोल्माले रु एक लाख ११ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष महेन्द्र राईले जानकारी दिनुभयो । उपविजेता बनेको खार्मीले रु ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

    निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल ट्राइब्रेकरमा धकेलिएको थियो । प्रतियोगितामा सेमिफाइनलिस्ट बनेको केपिलासगढी गाउँपालिका–४ बाक्सिला र दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माले जनही नगद रु २१ हजार १११ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका हेखाम राई उदीयमान खेलाडी, सोही ठाउँका नवीन पोखरेल उत्कृष्ट गोलरक्षक, खार्मीका सविन दाहाल उत्कृष्ट डिफेण्डर, सोल्माका विकास राई उत्कृष्ट मिडफिल्डर, सोल्माका प्रकाश राई उत्कृष्ट प्रशिक्षक, बाक्सिलाका सङ्गम राई सर्वाधिक गोलकर्ता र सोल्माका आशिष राई उत्कृष्ट खेलाडी चयन भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार ५५५ र अन्यलाई नगद रु तीन हजार ३३३ प्रदान गरिएको क्लबका अध्यक्ष राईले बताए ।

    त्यस्तै, प्रतियोगिता समापनका अवसरमा जिल्लामा क्रियाशील पत्रकार आत्मा राई ‘झमिनाक्क्षी’लाई नगद रु पाँच हजार ५५५ राशिको ‘खेल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको आयोजकले जनाएको छ । विजेता वडा र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले पुरस्कार वितरण गरेका थिए ।

    यही मङ्सिर १ गतेदेखि सुरु भएको खुला अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता–२०८३ मा जिल्लाका विभिन्न स्थानीय तहका १० वडाले सहभागिता जनाएको थियो । नगरपालिकाको लगानीमा २०७५ सालमा निर्माण गरिएको खेलमैदानमा पहिलोपटक प्रतियोगिता आयोजना गरिएको हो ।

    नगरपालिकाको आर्थिक सहयोग तथा एक्सट्रिम इनर्जीले प्रायोजन गरेको प्रतियोगितामा करिब रु १५ लाख खर्च भएको क्लबका कोषाध्यक्ष विकाश राईले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न देश/विदेशमा रहेका शुभेच्छुकले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    दसौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

    मंसिर ६ २०८३, आइतवार

    प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

    मंसिर ६ २०८३, आइतवार

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

    मंसिर ६ २०८३, आइतवार

    दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न

    मंसिर ५ २०८३, शनिबार

    एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

    मंसिर ५ २०८३, शनिबार

    एनपीएल तेस्रो संस्करणको उपाधि सुदूरपश्चिमलाई,  लुम्बिनी १० विकेटले पराजित

    मंसिर ५ २०८३, शनिबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    जिल्ला समाचार

    चाररातेमा पर्यटकको घुइँचो

    By Manoj Khatiwadaमंसिर ६ २०८३, आइतवार0

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ । विभिन्न…

    ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

    मंसिर ६ २०८३, आइतवार

    चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

    मंसिर ६ २०८३, आइतवार

    बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै रसुवाको गोसाइँकुण्ड

    मंसिर ६ २०८३, आइतवार

    आजको मौसमः कोशी र मधेशमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात

    मंसिर ६ २०८३, आइतवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.