Close Menu
    आजका समाचार

    हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

    मंसिर ६ २०८३, आइतवार

    मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्णय

    मंसिर ६ २०८३, आइतवार

    प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

    मंसिर ६ २०८३, आइतवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
    • मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्णय
    • प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
    • बाढीपीडितको पुनर्वासका लागि सरकारले कुनै योजना नल्याउनु दुर्भाग्यपूर्णः थापा
    • बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा
    • नयाँ सरकार गठनपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको पोखरेलेको टिप्पणी
    • प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना
    • एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»राजनीति»नयाँ सरकार गठनपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको पोखरेलेको टिप्पणी
    राजनीति मंसिर ६ २०८३, आइतवार

    नयाँ सरकार गठनपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको पोखरेलेको टिप्पणी

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ६ २०८३, आइतवारNo Comments0 Views
    Clock मंसिर ६ २०८३, आइतवार

    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ भनिएको सरकार गठन भएपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको टिप्पणी गरेका छन् ।

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले महँगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना गरे । दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ निकै बढेको दाबी गर्दै उनले सरकार जनताको सुख र सहजताप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए ।

    जनताले आर्थिक कठिनाइ भोगिरहेका बेला शासकहरूले सामाजिक सञ्जालमार्फत परिवर्तन र चमत्कारको आश्वासन मात्रै बाँडिरहेको उनको टिप्पणी थियो ।

    महासचिव पोखरेलले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसको सोचाइ, सामाजिक व्यवहार तथा परम्परागत मूल्य र मान्यतामा नकारात्मक असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरे । सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिअनुसार सामग्री निरन्तर प्रस्तुत गर्दा मानिसको सिर्जनशीलता र मानसिक अवस्थामा समेत असर पर्न सक्ने उनले बताए ।

    उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगले नेपाली समाजको परम्परा, संस्कृति र सभ्यतामाथि चुनौती थपिएको टिप्पणी गरे । लाइक र भ्युजको लोभमा मानिसहरू आफ्नै सामाजिक मूल्य र मर्यादासमेत बिर्सन थालेको उनको भनाइ थियो ।

    सामाजिक सञ्जालको प्रभावबारे उनले भने, ‘हामीले यो मोबाइलको भाँडोलाई मोहनी लगाइदियौँ । यसले प्रयोगकर्तालाई मन पर्ने कुरा पहिचान गरेर त्यही सामग्री पठाइरहन्छ । यसले हाम्रो दिमागमा पारेको असरबाट समाजलाई जोगाउनुपर्नेछ । हाम्रा परम्परा, मूल्य र संस्कृतिहरूलाई समेत यसले खाइरहेको छ ।’

    महासचिव पोखरेलले मुलुकको संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्णय

    मंसिर ६ २०८३, आइतवार

    प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

    मंसिर ६ २०८३, आइतवार

    बाढीपीडितको पुनर्वासका लागि सरकारले कुनै योजना नल्याउनु दुर्भाग्यपूर्णः थापा

    मंसिर ६ २०८३, आइतवार

    प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

    मंसिर ६ २०८३, आइतवार

    नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

    मंसिर ६ २०८३, आइतवार

    प्रधानमन्त्रीको अनुपस्थितिमा मन्त्री श्रेष्ठले दैनिक प्रशासनिक कार्य सम्हाल्ने

    मंसिर ६ २०८३, आइतवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    प्रदेश समाचार

    हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

    By Manoj Khatiwadaमंसिर ६ २०८३, आइतवार0

    रुपन्देही । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी…

    मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्णय

    मंसिर ६ २०८३, आइतवार

    प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

    मंसिर ६ २०८३, आइतवार

    बाढीपीडितको पुनर्वासका लागि सरकारले कुनै योजना नल्याउनु दुर्भाग्यपूर्णः थापा

    मंसिर ६ २०८३, आइतवार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.