Close Menu
    आजका समाचार

    पर्यटक आगमनमा वृद्धि

    मंसिर ७ २०८३, सोमवार

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • पर्यटक आगमनमा वृद्धि
    • आजदेखि गण्डकी परिक्रमा महोत्सव
    • माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति
    • प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
    • पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै
    • काभ्रेमा आजदेखि नमोबुद्ध जात्रा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»राजनीति»नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग
    राजनीति मंसिर ६ २०८३, आइतवार

    नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ६ २०८३, आइतवारNo Comments0 Views
    Clock मंसिर ६ २०८३, आइतवार

    काठमाडौँ । नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धका बारेमा पुन:परिभाषा गरिनुपर्नेमा जोड दिइएको छ ।नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार भएको एसियन सांस्कृतिक सम्पदा विषयक प्रस्तुतिका क्रममा दुवै देशका संस्कृतिसम्बद्ध निकाय एवं सरोकारवालाले यस विषयमा जोड दिएका हुन् ।
    इन्डिया फाउण्डेशनकी रमी नीरञ्जन देसाईंले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धको पुन:परिभाषा जरुरी रहेको बताइन् । उनले नयाँ पुस्तामा देखिएको नयाँ सोच र आकांक्षाले दुवै देशका युवालाई प्रभावित बनाइरहेको सन्दर्भमा नीतिहरुमा पनि आवश्यकता अनुसारको परिवर्तनमा जोड दिएकी हुन् ।
    नेपालका शोधकर्ता अशोक राई प्यासीले पुस्तान्तरणका क्रममा संस्कृतिको पनि हस्तान्तरण हुने भएकाले युवाहरुलाई स्व संस्कृतिका बारेमा जानकार बनाउनुपर्ने बताP । युवाहरुलाई सृजनशील र दक्ष बनाउन नेपाल तथा भारतले मिलेर कार्य गर्न सक्ने उनको भनाइ थियो ।

    कार्यक्रममा भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयका प्रा श्रीनिवास बरखेडीले नेपाल र भारतबाट सुरु भई अहिले पनि अभ्यास एवं साधनामा रहेको संस्कृतिले समग्र एसियालाई प्रकाशित गरिरहेकाले यसको विशुद्धता कायम राख्नुपर्नेमा जोड दिए ।
    भारतकी प्रा माधुरी सुखिजाले नेपाल र भारतबीच सांस्कृतिक, शैक्षिक, खेलकुद जस्ता सम्बन्धलाई संस्थागत गर्नुपर्नेमा जोड दिइन । कार्यक्रममा उनले संयुक्त शैक्षिक कार्यक्रमहरु बनाएर जानुपर्ने बताइन् ।
    काठमाडौँ विश्वविद्यालयका लागि आइसिसीआर प्रमुखसमेत रहेकी प्रा सुखिजाले शिक्षा र खेलकुदका क्षेत्रमा भइरहेका सहकार्यहरुले सम्बन्धलाई अझ प्रगाढ बनाएको बताइन् । विश्वमा आएको प्रविधिको तीव्र विकासले नेपाल र भारतबीचको नयाँ पुस्तामा सम्बन्धलाई सुदृढीकरणका लागि नयाँ नीतिहरु आवश्यक देखिएको उनले बताइन् । उनले भनिन्, “परिवर्तित अवस्थामा विरासतले मात्र पुग्दैन, नयाँ नीतिहरु बनाएर सम्बन्धलाई सुदृढ गर्नुपर्छ ।”

    भारतको मौलाना अबुल कलाम आजाद इन्स्टिच्युट अफ एशियन स्टडिजका निर्देशक प्रा सरुपप्रसाद घोषले दुवै देशले युवाहरुमा रोजगारी र दक्षतामा ध्यान दिनुपर्ने बताए । भारतको वर्तमान सरकार दक्षता अभिवृद्धिमा केन्दित भएको तर ब्रेन ड्रेन र बसाईँसराईँको चुनौती बढेको उनले सुनाए । सामाजिक क्षेत्रमा आएका समस्याले युवा पुस्तामा आएका नकारात्मक असर अन्तका लागि नीति बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
    भारतको विद्यान गँगा बेसिन फाउण्डेशन अफ रिसर्च एण्ड सस्टेनेबल पोलिसीका निर्देशक आनन्दकुमार श्रीवास्तवले नेपाल र भारतसँग ४० प्रतिशतभन्दा बढी युवा जनसङ्ख्या रहेकोले त्यसबाट प्रचुर लाभ लिन सक्नुपर्ने बताए । युवाहरुमा आएको ब्रेन ड्रेनको चुनौती दुवै देशको चुनौती भएकाले मिलेर सामना गर्नुपर्ने उनले भनाई थियो ।
    नेपालमा स्थिर सरकार भएकाले भारतले मिलेर काम गर्ने सहज वातावरण विकास भएको उनले बताए । दुवै देशले मिलेर काम गर्न सकिने र भारत त्यसका लागि तत्पर रहेको उनको भनाइ थियो । नेपालको अर्गानिक उत्पादनले भारतमा बजार पाउनसक्ने र युवालाई त्यस दिशातर्फ लगाउन उनको सुझाव थियो ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

    मंसिर ७ २०८३, सोमवार

    कोप–३१ सम्पन्नः जलवायु सहकार्य जारी राख्न आग्रह

    मंसिर ७ २०८३, सोमवार

    मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्णय

    मंसिर ६ २०८३, आइतवार

    प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

    मंसिर ६ २०८३, आइतवार

    बाढीपीडितको पुनर्वासका लागि सरकारले कुनै योजना नल्याउनु दुर्भाग्यपूर्णः थापा

    मंसिर ६ २०८३, आइतवार

    नयाँ सरकार गठनपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको पोखरेलेको टिप्पणी

    मंसिर ६ २०८३, आइतवार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार192

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    प्रदेश समाचार

    पर्यटक आगमनमा वृद्धि

    By Manoj Khatiwadaमंसिर ७ २०८३, सोमवार0

    गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी…

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार

    प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

    मंसिर ७ २०८३, सोमवार

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    मंसिर ७ २०८३, सोमवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.