Close Menu
    आजका समाचार

    नेपाल–भारत सहमतिले बढ्यो भैरहवा विमानस्थल सञ्चालनको आशा

    मंसिर १० २०८३, बिहिबार

    ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

    मंसिर १० २०८३, बिहिबार

    तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

    मंसिर १० २०८३, बिहिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • नेपाल–भारत सहमतिले बढ्यो भैरहवा विमानस्थल सञ्चालनको आशा
    • ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक
    • तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष
    • गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
    • लागुऔषधसहित २६ जना पक्राउ
    • घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता
    • आज मौसम मुख्यतया सफा रहने
    • बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता
    अर्थ मंसिर १० २०८३, बिहिबार

    घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर १० २०८३, बिहिबारNo Comments0 Views
    Clock मंसिर १० २०८३, बिहिबार

    दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि घुमाउने पुल निर्माणका लागि स्थानीयले दबाव बढाएका छन् । पुल निर्माणमा देखिएको अवरोध हटाइ तत्काल काम अगाडि सम्बद्ध निकायलाई आग्रह गरेका छन् ।

    पुल निर्माणमा भएको प्रगति र पछिल्लो अवस्थाबारे जानकारी लिन स्थानीय अगुवा सिद्धान्त थापा मगरले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठ र इन्जिनियर राजेन्द्र रेग्मीसँग छलफल गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेमा १२ वर्ष अगाडि निर्माण सुरु गरिएको पुल अलपत्र अवस्थामा छ ।

    सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले पुरानै ठाउँ वा नयाँ ठाउँबाट पुल निर्माण गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए । त्यसका लागि चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन भएको छ ।

    डिभिजन कार्यालयले घुमाउनेको पुलको ठेक्का तोडिसकेको छ । तोकिएको अवधि र थपिएको म्यादमा काम सम्पन्न नगरेको र पटक–पटक निर्देशन दिएको भएपनि निर्माण व्यवसायीले चासो नदेखाएपछि गत वैशाखमा ठेक्का तोडिएको थियो ।

    घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटक–पटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकायमा पुगी घेराउ गरेका थिए । पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलो पटक विसं २०७० असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो ।

    बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता भएको थियो । सम्झौताअनुसार, विसं २०७८ चैतमा पुल निर्माण सकिनुपर्ने थियो । हालसम्म करिब ३६ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    गण्डकी प्रदेशको राजधानी पोखरा र चितवन सहजै आवातजावत गर्ने उद्देश्यका साथ घुमाउनेघाटमा पुल निर्माण थालिएको थियो । तनहुँको सदरमुकाम दमौली स्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनार हुँदै क्रमशः व्यास १३, व्यास १४, बन्दिपुर ६, आँबुखैरेनी ५ हुँदै जान्छ । सो सडक मुग्लिन–नारायणगढ सडकमा जोडिन्छ ।

    देवघाट गाउँपालिकाअन्तर्गत वडा नम्बर २, ३ र ४ का नागरिक लाभान्वित हुने सो सडक पृथ्वी राजमार्गको मुग्लिन सडकखण्ड भन्दा २३ किलोमिटर छोटो छ ।

    गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न भएपछि वैकल्पिक मार्गबाट पोखरा र दमौलीसँग नारायणगढ जोडिन्छ । हाल मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर १० २०८३, बिहिबार

    कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत

    मंसिर ९ २०८३, बुधबार

    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, ६ अर्ब १४ करोडको कारोबार

    मंसिर ९ २०८३, बुधबार

    मेची भन्सारको राजस्व असुली लक्ष्यभन्दा १० प्रतिशत बढी

    मंसिर ९ २०८३, बुधबार

    सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

    मंसिर ९ २०८३, बुधबार

    बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ९ २०८३, बुधबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार253

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    प्रदेश समाचार

    नेपाल–भारत सहमतिले बढ्यो भैरहवा विमानस्थल सञ्चालनको आशा

    By Manoj Khatiwadaमंसिर १० २०८३, बिहिबार0

    रूपन्देही । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय…

    ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

    मंसिर १० २०८३, बिहिबार

    तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

    मंसिर १० २०८३, बिहिबार

    गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    मंसिर १० २०८३, बिहिबार

    लागुऔषधसहित २६ जना पक्राउ

    मंसिर १० २०८३, बिहिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.