Close Menu
    आजका समाचार

    भारतलाई ८ विकेटले हराउँदै श्रीलंका एसिया कप राइजिङ स्टार्सको फाइनलमा

    मंसिर ११ २०८३, शुक्रबार

    मौलिक खानाको प्रवर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव

    मंसिर ११ २०८३, शुक्रबार

    आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

    मंसिर ११ २०८३, शुक्रबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • भारतलाई ८ विकेटले हराउँदै श्रीलंका एसिया कप राइजिङ स्टार्सको फाइनलमा
    • मौलिक खानाको प्रवर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव
    • आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण
    • झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
    • हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै
    • निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना
    • बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान
    • हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»समाचार»जिल्ला समाचार»झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
    जिल्ला समाचार मंसिर ११ २०८३, शुक्रबार

    झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ११ २०८३, शुक्रबारNo Comments0 Views
    Clock मंसिर ११ २०८३, शुक्रबार

    झापा । झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् । कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन् । तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन् । लैङ्गिक आधारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला छन् । प्रमुख खत्रीले कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक रहेको जानकारी दिए । महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था छ । कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत छन् । राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका कारागार प्रशासनले जनाएको छ । लागूऔषधका मुद्दा सबैभन्दा बढी झापा कारागारमा रहेका कैदीबन्दीमध्ये करिब आधा हिस्सा लागूऔषधसम्बन्धी मुद्दाका छन् । कारागार प्रमुख खत्रीका अनुसार लागूऔषध कसुरमा ५६ महिला र ७९४ पुरुष गरी ८५० जना रहेका छन् । त्यस्तै, जबर्जस्ती करणी मुद्दामा एक महिलासहित ३५९ जना, कर्तव्य ज्यान मुद्दामा नौ महिलासहित ११४ जना, चोरी मुद्दामा एक महिलासहित १३५ जना, ठगी मुद्दामा एक महिलासहित १६ जना र अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक महिलासहित १३ जना कारागारमा छन् । बाँकी अन्य विभिन्न मुद्दाका कैदीबन्दी रहेका छन् । कलबलगुढीमा नयाँ कारागारको तयारी हालको कारागार भवन पुरानो र स्थान साँघुरो भएकाले भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी छ । कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ कारागार निर्माणका लागि व्यवस्थापन गरिएको छ । नयाँ संरचना निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गर्ने प्रक्रिया अघि बढिसकेको जनाइएको छ । विसं २०२० मा निर्माण भएको हालको भवन सुरुमा बढीमा ३५० जना कैदीबन्दी राख्न मिल्नेगरी बनाइएको थियो । पछि आन्तरिक संरचना थपेर कारागारको क्षमता ७५० पुर्‍याइएको हो ।
    Manoj Khatiwada

    सम्बन्धित समाचार

    मौलिक खानाको प्रवर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव

    मंसिर ११ २०८३, शुक्रबार

    हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

    मंसिर ११ २०८३, शुक्रबार

    हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

    मंसिर ११ २०८३, शुक्रबार

    घुमाउने पुल निर्माणका लागि स्थानीयको ताकेता

    मंसिर १० २०८३, बिहिबार

    ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

    मंसिर ८ २०८३, मङ्लबार

    पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    मंसिर ८ २०८३, मङ्लबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार256

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    खेलकुद

    भारतलाई ८ विकेटले हराउँदै श्रीलंका एसिया कप राइजिङ स्टार्सको फाइनलमा

    By Manoj Khatiwadaमंसिर ११ २०८३, शुक्रबार0

    काठमाडौँ । भारत ‘ए’ लाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंका ‘ए’ एसिया कप…

    मौलिक खानाको प्रवर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव

    मंसिर ११ २०८३, शुक्रबार

    आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

    मंसिर ११ २०८३, शुक्रबार

    झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

    मंसिर ११ २०८३, शुक्रबार

    हातेट्रयाक्टरको प्रयोग बढेसँगै गोरु पाल्ने चलन घट्दै

    मंसिर ११ २०८३, शुक्रबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.