रजनीकान्तले दादा साहेब फाल्खे अवार्ड पाउने

राष्ट्रपाटी न्युज

१९ चैत्र २०७७

काठमाडौं । अभिनेता रजनीकान्तलाई ५१ औं दादा साहेब फाल्खे अवार्ड प्रदान गर्ने घोषणा भारत सरकारले गरेको छ ।
विहिबार आयोजित पत्रकार सम्मेलनमा भारतको केन्द्रिय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावेदकरले यस्तो जानकारी दिएका हुन् ।
भारतीय फिल्मको सर्वोच्च र प्रतिष्ठित अवार्ड मानिने यो सम्मानको तय चाहिँ त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयले गर्छ ।

रजनीकान्त पछिल्लोपटक सन् २०२० मा रिलिज भएको एक्सन–थ्रीलर दरबारमा देखिएका थिए । ४ दशकदेखि रजनीकान्त भारतीय फिल्ममा सक्रिय छन् ।


Published :१९ चैत्र २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media