पहिलो डिजाब्लिटी क्वीन-२०२१ को उपाधी रजनी र रुपालाई

राष्ट्रपाटी न्युज

२१ चैत्र २०७७

काठमाडौं । मुलुकमा पहिलोपटक अपांगता भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा मिसेज एन्ड मिस डिजाब्लिटी क्वीन-२०२१ आयोजना भयो ।

ग्रीन आर्ट्स मिडियाको आयोजनामा भएको प्रतिस्पर्धामा देशभरका १३ प्रतिस्पर्धीले भाग लिएका थिए । दुई विधामा आयोजना भएको प्रतिस्पर्धामा मिस डिजाब्लिटी क्वनीको उपाधी खोटाङकी रजनी राई र मिसेज डिजाब्लिटी क्वनीको क्राउन सिन्धुलीकी रुपा पहाडीले जिते । दुबैले क्राउनसहित १५-१५ हजार रुपैयाँ जिते ।
फस्ट-रनरअप सरिता कोइराला र सेकेन्ड रनरअप डीना खत्री घोषित भए । ह्विल चेयर प्रयोग गर्ने र कम्मरभन्दा तल अंग नचल्ने प्रतिस्पर्धीले उक्त ब्युटी पेजेन्टमा भाग लिएका हुन् । उक्त अवसरमा प्रतियोगीले नृत्य लगायत सांस्कृतिक प्रस्तुति पनि दिएका थिए ।
‘शारीरिकरुपमा अपांग भएपनि उनीहरुको बौद्धिक क्षमता र भित्री सौन्दर्यलाई निखार्ने उद्देश्यले पेजेन्ट गरेका हौं’ इभेन्ट संयोजक एलिना शाक्य तुलाधरले नेपाल प्रेसलाई भनिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रविन्द्रप्रताप शाह प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागि थिए ।


Published :२१ चैत्र २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media