काठमाडौं ४ मा नेपाल समुहको बाढी पिडितलाइ ९५,००० सहयोग

काठमाडौं। केन्द्रमा दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने गरी कर्णाली प्रदेशका चार सदस्यलाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश भ्याकेटका लागि अध्यक्ष केपी शर्मा ओली सर्वोच्च गएपछि फेरी नेकपा एमाले एकता वार्तामा अवरोध आएको छ। यता तुलनात्मक रुपमा कमजोर संगठन रहेको भनिएको काठमाडौं जिल्ला र यसको क्षेत्र नं ४ मा भने फेरी माधब नेपाल समुह राहत अभियानको नाममा चर्चामा आएको छ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजार लगायतका क्षेत्रमा बाढीले भिषण क्षति पुर्याएपछि अहिले देशभर राहत संकलन र बितरणको माहोल नै चलिरहेको सन्दर्भमा नेपाल समुहको बागमती प्रदेश कमिटीले राहत अभियान नै चलाएको छ। १५ लाख भन्दा धेरै संकलन गर्ने अभियानका साथ शुरु भएको यो अभियानमा काठमाडौ क्षेत्र नं ४ का तर्फबाट नगद रु ९५,०००/- सामानान्तर पार्टी कमिटिका जिल्ल्ला अध्यक्ष वसन्त मानन्धरलाई हस्तान्तरण गरियको नेपाल समुहका क्षेत्र नं ४ का संयोजक धुर्व राज न्यौपानेले बताएका छन्।

यसै सन्दर्भमा एमाले बिभाजनको डिलमा पुग्दै गर्दा काठमाडौ क्षेत्र नं ४ मा माधव नेपाल समुह आफ्नो कमिटिलाइ पूर्णता दिन तयारी अबस्थामा रहेको संयोजक न्यौपानेले बताएका छन्। पार्टी एकताको पहल भैरहेको र माथिबाट निर्णय आउने बित्तिकै आफुहरुले पूर्ण कमिटि घोषणा गर्ने तयारि गरिरहेको उनले बताए। पार्टी मिलेर जाँदा सबै बन्ने र राजनीतिक रुपमा बिजयी बनिने भन्दै उनले पार्टी फुटेर गए सबै खरानी बन्न सक्ने चेतावनी दिएका छन्।

यसै विच क्षेत्र नं ४ मा बन्न लागेको भनिएको नेपाल समुहको सम्भावित पदाधिकारीहरुको नाम रास्ट्रपाटिलाइ प्राप्त भएको छ। स्रोतका अनुसार अध्यक्ष धुर्व राज न्यौपाने , उपाध्यक्ष ललितमान श्रेष्ठ ,सचिव पुरुषोतम नेपाल र उपसचिव सत्य मुनिकार बन्ने करिव निश्चित भैसकेको छ। त्यसै गरि यो समुहको बुढानिलकण्ठ नगर समितिको संयोजकमा हरिराम ढुंगाना पहिले नै नियुक्त भैसकेका छन्।


Published :८ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media