५८ वर्षको उमेरसम्म जग्गाको ज र कमिसनको क गरेको छैन – मेयर खरेल

काठमाडौं–बुढानिलकण्ठ नगरपालिकाकाे आठाैँ नगरसभामा मेयर उद्धव खरेलद्वारा प्रस्तुत बिभिन्न १० शीर्षककाे नीति तथा कार्यक्रममा शीर्षक नं ७ काे व्यवस्थित शहरी विकास याेजना अन्तर्गत बुँदा नम्बर ७ सम्बन्धमा लेखिएको कुरालाई लिएर केहि स्थानीय अनलाइन पत्रिकाहरुमा बिभिन्न टिका टिप्पणी हुन थालेको छ। व्यवस्थित शहरी विकास प्रक्रिया अगाडी बढाउन जटिलताहरु हटाएर सहज गर्नको लागि उक्त बुंदामा वस्ती क्षेत्रका जग्गाहरुमा ५ राेपनी सम्म वडाले नै कित्ताकाट गर्ने र सो भन्दा माथि नगरपालिकाबाट गठित भूमि व्यवस्था समितिले सिफारिस गर्न सक्ने नीति बनाइनेछ भनि उल्लेख गरिएको छ ।

बिगत लामो समय देखि मेयर उद्दब खरेलको बिरुद्दमा लगातार योजनावद्द समाचार लेख्दै आएको एक स्थानीय अनलाइनले मेयर खरेलले भूमाफियालाइ पाेस्ने खाले नीति तथा कार्यक्रम ल्याएको र वडाध्यक्षहरुलाई भ्रष्टचार गर्न बाटो खोलेको गम्भीर आरोप लगाएको छ। प्राय फेसबुकमा  कमेन्ट गर्न अगाडी सरिहाल्ने मेयर खरेलले उक्त अनलाइनको फेसबुक पेजमा समेत कमेन्ट गर्दै ५८ वर्षको उमेरसम्म जग्गाको ज र कमिसनको क नगरेको भन्दै एस्तो लेखेका छन्।

जसले जीवन को ५८ वर्ष को उमेर सम्म जग्गाको ज र कमिसन को क गरेन।भु माफिया र कमिसन खोर बिरुद्ध बुलन्द आवाज उठ्हाइ रहयो।नमरुन्जेल उठाइरहने छु।कसै लाई खुसी पार्न र मेरो पक्ष मा लेख्न र बोल्न केही दिएर खुसी पार्ने कोसिस गर्ने छैन।म मरि हाल्ने छैन होला।सकारात्मक सोच भएका मित्रहरुले बोलि दिनेछन।काफी छ। केही सोच व्यवहार् मा कमि होलान। समस्या छन।सच्याउन पर्ला। तर खराव प्रवृती को अन्त्य को लागि जुधिरहन र चर्का कुरा रबेतुक को प्रचार गर्ने हरुको कर्म र व्यवहार हेर्दै रहनेछु।


Published :१० असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media