नेप्सेको ओरालो यात्रा जारी, ४ अर्ब  ४ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा झरेको छ।अघिल्लो दिन सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा अडिएको थियो।

यसदिन ३५५ स्क्रिप्सको १ करोड ७ लाख ८ हजार  ५९६ कित्ता सेयर ४ अर्ब  ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३१ करोड मूल्य बराबरको कारोबार भयो।
सिद्धार्थ बैंकले १८ करोडको कारोबार गर्दा रिलायन्स स्पिनिङ्ग मिल्सको १५ करोड,रावा इनर्जी डेभलपमेन्टको १३ करोड र बुंगल हाइड्रोको १२ करोडको सेयर कारोबार भयो।

यसदिन दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सोपान फर्मास्युटिकल्स र  अपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबारमा आएकामध्ये ८० वटा स्टक्सको मूल्य बढ्दा १७७ वटाको घट्यो। बाँकी १५ वटा स्टक्सको मूल्य स्थिर रह्यो। दुईवटा समूहको उपसूचकबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।

म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी अरु समूहका उपसूचक घटेका हुन्।


Published :असार २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media