सडक निर्माणको माग गर्दा वडाध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ पक्राउ

काठमाडौँ- बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ पक्राउ परेका छन। वर्षौ देखि निर्माण शुरु गरीएर अलपत्र पारिएको तेन्जिंग चोक -खरिबोट सडकका वारेमा छलफल गर्न सडक विभाग बबर महल पुगेका बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष र स्थानीयहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु सडक विभाग तालाबन्दी गर्न त्यहाँ पुगेका थिए।

उक्त क्षेत्रको सडक निकै जिर्ण भएको लामो समय हुँदा पनि ठेकेदार सम्पर्कमा नआएको र कुनै सुनुवाई र पहल नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको भन्दै अध्यक्ष भट्टराईले विभागका हाकिम र कर्मचारीले पनि वेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् । तालाबन्दी भएपछी प्रहरीले वडा अध्यक्ष भट्टराई सहित दर्जनौ स्थानीयलाई तिनकुने प्रहरी कार्यालय लगेर केहि समय पछि छोडेको छ ।

छुटे पछि राष्ट्रपाटि संग कुरा गर्दै वडाध्यक्ष भट्टराईले आफ्नो माग अनुसार तत्काल सडक नबने आन्दोलन चर्काउने बताउदै सडक बन्द लगायतका कडा कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

बर्षौदेखि हिलाम्य सडकमा हिड्नु परेको भन्दै वडासदस्य डिल्ली प्रसाद खतिवडाले आजैदेखि सडक बनाउने काम शुरु नभए फेरी पनि आन्दोलनमा उत्रने बताएका छन्।


Published :१३ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media