चुनीखेल स्वास्थ्य चौकिलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकाको चुनीखेल स्वास्थ्य चौकिलाई जैन श्वेताम्बर तेरापन्थि महिला मण्डलले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।मंगलबार एक कार्यक्रम मार्फत उक्त संस्थाले वडा नं १३ स्थित स्वास्थ्य चौकि स्तरोन्नतिको लागी अक्सिजन सिलिन्डर सहित आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
नगरपालिका प्रमुख उद्धव प्रसाद खरेल, वडा नं १३ अध्यक्ष श्रीकृष्ठ श्रेष्ठ, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालको उपस्थितिमा संस्था द्वारा अक्सिजन सिलिन्डर १० लिटर, अक्सिमिटर २ थान, २०० ओटा N-95 मास्क, स्यानिटाईजर १० लिटर, अक्सिमास्क १० थान र अक्सिजन क्यानोला २५ ओटा चुनीखेल स्वास्थ्य चौकिलाई वितरण गरिएको थियो ।

जैन श्वेताम्बर तेरापन्थि महिला मण्डल अध्यक्ष प्रेमा नाहटा, उपाध्यक्ष अमिता नाहटा र संगिता बज्र, महासचिव संगिता लुमिना र दाता ललित नाहटा सहितको टोलिले नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नगरपालिकाको समन्वयमा संस्थाले विगत देखि गरिरहेका साझेदारीको सहयोगलाई निरन्तरता स्वरुप यस कोभिड-१९ महामारीको समयमा स्वास्थ्य चौकिलाई आवश्यक सामाग्रीहरु वितरण गरिएको अध्यक्ष नाहटाले जानकारी दिएकि थिइन् ।


Published :१८ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media