अनेमसंघ बुढानिलकण्ठ १० मा नयाँ कमिटी ,अध्यक्षमा सापकोटा र सचिवमा पुरी

बूढानीलकण्ठ।  बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा अखिल नेपाल महिला संघकाे वडा कमिटी पुनर्गठन भएको छ। कार्यक्रम उक्त कमिटिको दुइ पटक अध्यक्ष बनिसकेकी तत्कालीन अध्यक्ष सावित्रा लुईटेल कडेलकाे अध्यक्षतामा सञ्चालन भएकाे थियो । वडा नं १० का अगुवा महिलाहरुको भेलाबाट नम्रता सापकोटा अध्यक्ष र उमा पुरी सचिव रहेको २५ सदस्यीय कमिटी पूनर्गठन भएको छ । साथै उक्त कमिटिको उपाध्यक्षमा रमा उप्रेती, कोषाध्यक्षमा गंगा पोख्रेल तथा सह सचिवमा सावित्री थापा चयन भएका छन्।

उक्त कार्यक्रममा बूढानीलकण्ठ १० वडामा रहि अनेमसंघको माथिल्लो कमिटीमा पुग्न सफल बागमती प्रदेस सदस्यहरु बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख रमादेबी राई र बूढानीलकण्ठ नगरपालिका सल्लाहकार बिन्दा गाैतम, जिल्ला कमिटी सदस्य एवं अनेमसंघ बूढानीलकण्ठ इन्चार्ज देबी रेग्मी, बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष निर्मला खड्कालाइ सम्मान सहित बधाई ज्ञापन गरिएको थियो भने र काेराेना भाइरस तिब्र संक्रमणपछिकाे लकडाउनको समयमा आफ्नाे ट्याक्सी आफै चलाई समस्यामा परेका ब्यक्तिहरुका लागि खाना खुवाउने कार्यमा सहयाेग पु्र्याउने प्रतिमा बिष्टलाई प्रमुख अतिथि अनेमसंघ केन्द्रीय सदस्य सरिता निराैलाले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य भवानी दाहाल, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य द्वय मिठाराम अधिकारी र लक्ष्मी संगाैला, बूढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगाेल तथा सदस्यहरु ध्रुव भट्टराई र नवराज भट्टराई र वडा नं १० पार्टी कमिटीका अध्यक्ष जगत निराैला लगायतकाे उपस्थिति रहेको थियो ।


Published :२१ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media