माधव नेपाललाइ जनै खटिरा आयो

काठमाडौं।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई जनै खटिरा आएको छ। उनका स्वकीय सचिव मोहन गौतमले आफ्नो फेसबुक स्टाटस मार्फत उक्त जानकारी दिएका छन्। उनको फेसबुक स्टाटस जस्ताको तस्तै:-

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहॅाको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहॅाको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु ।
मोहन गौतम
स्वकीय सचिव


Published :२६ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media