देउवा विरुद्द साझा उमेद्वार उठाउन नेताहरु सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर नेताको वैठक सम्पन्न भएको छ । वैठकले विभिन्न हाँगामा छरिएका रहेका संस्थापनइतर गुटहरुबीच एकता कायम गरेर जाने अनौपचारिक समझदारी भएको छ ।

आजको वैठकको संयोजन गरेका नेता अर्जुननरसिंह केसीले संस्थापनइतरबाट एक जना मात्रै सभापतिका उम्मेदवार उठाउने गरी सकारात्मक छलफल सुरु भएको बताए । उनले भने, ‘सके पार्टीभित्रै नसके हाम्रो समूहभित्र एकता गराउन प्रयास गर्ने सहमति भएको छ । छलफल निरन्तर रहनेछ ।’

उनले आजको छलफलले एकताको सम्भावना बढाएको जानकारी दिए । नेतृ सुजाता कोइरालाले सहमति हुनेमा आफू विश्वस्त रहेको बताइन् । उनले भनिन् ‘जो भए पनि एकजना उम्मेदवार हुन्छ । हार्दिकताका साथ छलफल भएको छ ।’

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसीलगायतको सहभागिता छ ।


Published :२६ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media