देउवाको नेतृत्वमा सानो सरकार बन्ने

काठमाडौं– विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने निर्णय गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र जनमोर्चाको संयुक्त बैठकले देउवाको नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरेको जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिए ।
कोटेश्वरस्थित एमाले वरिष्ठ नेतानेपालको सम्पर्क कार्यालयमा बसेको गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए।

बैठकमा एमालेबाट नेता नेपाल र रघुजी पन्त सहभागी थिए ।


Published :२८ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media