एमालेले वूढानिलकण्ठमा १३ वटै वडा क्लिन स्विप गर्छ – डा राजन भट्टराई

राष्ट्रपाटी न्युज

३० श्रावण २०७८

काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अब बुढानिलकण्ठ नगरपालिकामा मेयर , उपमेयर सहित १३ वडा नै चुनाव जित्ने घोषणा गरेका छन् । पछिल्लो स्थानीय तहको निर्बाचनमा एमालेले १३ वटा वडा मध्य ११ वटा वडा जितेर दुइ वटा वडा हारेको भएपनि आगामी निर्वाचनमा भने सबै नगरपालिका क्लिन स्विप गर्ने उनले बताए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा आयोजना गरिएको वृहद युवा भेला तथा कमिटी पुनर्गठन कार्यक्रममा बोल्दै डा. भट्टराईले के पी वली को नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडी बढेको नेकपा एमालेले मात्र नेपालको विकास गर्न सक्ने बताउदै बुढानिलकण्ठ नगरपालिकामा हालका जनप्रतिनिधिहरु आएपछि विकासको लहर नै आएको बताएका थिए।

चार वर्ष अगाडि र अहिलेको कपनमा अतुलनीय परिवर्तन आएको भन्दै उनले बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुको प्रसंशा गरेका थिए।


Published :३० श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media