संसद्मा भीष्मराज आङदेम्बे भने- सुनसरी र सिरहा घटनाको जिम्मा सरकारले लिनुपर्छ

राष्ट्रपाटी न्युज

साउन १९, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका प्रतिनिधिसभाका सांसद भीष्मराज आङदेम्बेले सुनसरी–सिरहा घटनाको सत्य तथ्य र न्यायिक छानविनका लागि संसदीय छानविन समितिको माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद आङदेम्बेले सुनसरी र सिरहामा गोली नै चलाउनु पर्ने अवस्था सरकारका लागि किन आयो भन्दै प्रश्न समेत गरेका छन् । उनले यसका विषयमा सरकारले चित्तबुझ्दो जवाफ दिनुपर्ने र घटनाको जिम्मा लिनु पर्ने बताएका छन्  ।

उनले विपत व्यवस्थापनको पक्षमा सरकार निकै सुस्त गतिमा रहेको समेत बताएका छन् । बैसाख २३ गतेको बाढी पहिरोले इलामको मेची राजमार्ग अवरुद्ध रहेको बताउँदै उनले जेठ ८ गते पाँचथरको याङबरक गाउँपालिका २ र ३ मा बाढीपहिरो गएको पनि जानकारी गराए । उनले बाढी पहिरोले घर र पुल बगाएको भन्दै उनले पाँचथर फालेलुङमा पनि भीषण पहिरो भएको बताएका छन् । यस घटनाका बारेमा सभामुखलाई नै भेटेर सरकारको ध्यानाकर्षण समेत गराइसकेको उनले बताएका छन् । उनले विपत पूर्व जानकारी दिएर नआउने बताउँदै प्रश्न गरे, ‘सरकारले ठूलो विपत आइसकेपछि मात्र तयारी गर्न खोजेको हो ? कि सरकारको केहि तयारी छ ?’

सरकारले सुकुमबासी बसिरहेको बस्ती अमानवीय तरिकाले हटाएको पनि बताएका छन् । अहिलेसम्म उनीहरुको सरकारले व्यवस्थापन गर्न नसकेको उनले बताएका छन् । सुकुमबासी बस्ती हटाउन राज्यको कुनै विवेक र विधि नभएको बताउँदै केवल सनक र बल मात्र देखिएको उनले आरोप लगाएका छन् ।


Published :साउन १९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media