हामी केपी वलिका पुच्छर होइनौं- मेयर खरेल

काठमाडौं। नेकपा एमालेका बागमती प्रदेश सदस्य एबं बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले आफूहरू केपी ओलीको पुच्छर नभएको बताएका छन्।

बूढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेकपा एमाले वडा कमिटिद्वारा आयोजित वृहद कार्यकर्ता भेला तथा जनसंगठन पुनर्गठन कार्यक्रममा बोल्दै उनले आफूहरु नेकपा एमालेको राजनीतिक कार्यदिशा र पार्टीको लाइनमा रहेको भन्दै कसैको पुच्छर मात्र नबन्ने बताएका हुन्। कसैलाई नेतृत्व मन परेन भने महाधिवेशन पछि परिवर्तन गर्न सकिने भन्दै पार्टीको आधिकारीक लाइनमा रही नेकपा एमालेको चुनाव चिन्ह र व्यानरमा रहिरहन संपूर्ण एमाले समर्थकलाई उनले आग्रह समेत गरेका छन्।

माधव नेपालको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी तर्फ लागेका आम कार्यकर्ताहरुलाई लक्षित गरी गाली नगर्न आग्रह गर्दै उनले सम्झाइ बुझाइ गरेर उनीहरूलाई मूलधारमा फर्काउन कोशिश गर्नुपर्ने बताएका थिए।

माधव नेपालको पार्टीतिर लागेका बुढानिलकण्ठ नगपालिकाका केही जनप्रतिनिधिहरु समेत फर्काउने प्रयास भइरहेको उनले जानकारी दिएका छन् ।


Published :७ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media