उपचाररत कलाकार निशा घिमिरेको निधन

राष्ट्रपाटी न्युज

१६ भाद्र २०७८

काठमाडौं– दुर्घटनापछि गम्भीर अवस्थामा उपचाररत कलाकार निशा घिमिरेको निधन भएको छ ।

नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन् ।

अस्पतालले मंगलबार मात्रै पत्रकार सम्मेलन गरेर घिमिरेको स्वास्थ्य सुधार नभएको जनाएको थियो ।


Published :१६ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media