बलिउड कलाकार सिद्धार्थ शुक्लाको अल्पायुमै निधन

राष्ट्रपाटी न्युज

१७ भाद्र २०७८

काठमाडौँ — बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ । बिग बोस-१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको हो ।

अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औपधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ । शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए ।
उनले टेलिशृंखला ‘बबुलका आगन छुटे ना’, ‘जाने पेहेचाने से ये अजनवी’, ‘लभ यु जिन्दगी’मा अभिनय गरेका थिए । तर ‘बालिका बधु’बाट भने उनले चर्चा कमाएका थिए । रियालिटी सो बिग बोस-१३ बाहेक उनी ‘झलक दिखलाजा-६’, ‘फियर फ्याक्टर : ‘खत्रोंका खिलाडी ७’मा पनि सहभागी भएका थिए ।

उनले सन् २०१४ मा ‘हम्टी शर्माकी दुल्हनियाँ’मा साहयक अभिनेताको भूमिका गरेका थिए ।


Published :१७ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media