अब कांग्रेसको नेतृत्व यूवाको काँधमा – यूवा नेता कुमार खड्का

राष्ट्रपाटी न्युज

३० भाद्र २०७८

काठमाडौं-

केही खाउँला भन्ने छैन,
केही लिउँला भन्ने छैन,
ईच्छा छ त देश बनोस भन्ने हो ।
हुर्केका केटाकेटीको सपना यहीँ देशमा भेटियोस् भन्ने हो।

यो भनाइ आफ्नो व्यवसाय, समाज सेवा र राजनीतिमा निरन्तर सक्रिय बूढानिलकण्ठ नगरपालिका वडा नं १२ का युवा कुमार खड्काको हो। आफ्नो सामाजिक संजाल फेसबुकमा व्यंग्यात्मक स्टाटस लेखेर उनले कांग्रेसमा क्षेत्रीय प्रतिनिधिकाे रुपमा अगाडी बढ्न चाहेको बताउंदै लेख्छन।

कांग्रेसको महाधिवेशनमा हुमिने बिचार गरेको छु।
लिन छैन त्यसैले धेरै झुक्न मन छैन
धमिलो कर्णाली सङ्गल्याउने मन छ
राम्रो अनि देशका पक्षमा उभिरहने मन छ
तपाईंबाट सम्भव हुने भोटको साथको आश छ ।
क्षेत्रीय प्रतिनिधिकाे आकाङ्क्षा !!

व्याक्तिगत रुपमा तथा विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भई निरन्तर सक्रिय खड्काले विभिन्न अभियान मार्फत अफ्ट्यारोमा परेकाहरुलाई व्यक्तिगत तथा संथागतरुपमा बिबिध सहयोग गर्दै आईरहेका छन्। लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लव अफ काठमाण्डौ कपनको प्रेसिडेन्ट समेत बनेर आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गरेका उनि हाल लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत डिस्ट्रिक चेयरपर्सनको भूमिकामा छन् ।

पस्मिना व्यवसाय मार्फत ४५ भन्दा बढी व्याक्तिहरुलाई रोजगारी समेत प्रदान गर्दै आएका खड्का सफल युवा व्यबसायी पनि हुन् । त्यसकारण पनि उनि युवा तथा सक्रिय राजनीतिककर्मी माझ लोकप्रिय पनि छन।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनि अहिलेको महाधिवेशनमा देशव्यापी रुपमा कयौँ युवाहरू कांग्रेसको राजनीतिमा क्रियाशील सदस्यता लिएर चुनावी मैदानमा ओर्लेको बताउदै आफु पनि जिम्बेबारी लिन तयार भएको बताउंछन्। यूबाहरूकाे नेतृत्व स्थापित गराउन वडा, नगर, प्रदेश क्षेत्र, जिल्लामा रहेका सम्पूर्ण क्रियाशील सदस्यले युवा नेतृत्व स्थापना गराउन भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ।

काठमाडाैं क्षेत्र नं ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं १२ बाट क्षेत्रिय प्रतिनिधिका रुपमा आफ्नो कडा दावी प्रस्तुत गर्दै उनले त्यस वडाका नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु सचेत र विवेकशील भएको बताएका छन्। आफुहरु जस्तो सक्षम यूबा नेतृत्वलाई निर्वाचित गराउने कुरामा ढुक्क रहेको भन्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का सबै कांग्रेसका क्रियाशिल सदस्यहरुलाइ आफुले अनुरोध गर्ने समेत जानकरी उनले दिएका छन्।


Published :३० भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media