भरतमणी पौडेलले जिते कमेडी च्याम्पियन सिजन-२ को उपाधि

राष्ट्रपाटी न्युज

२ आश्विन २०७८

काठमाडौं । ताप्लेजुङका भरतमणी पौडेल कमेडी च्याम्पियन सिजन २ को उपाधि जित्न सफल भएका छन् ।आज भएको ग्राण्ड फिनालेमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् ।

सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए । जितसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ जितेका छन् ।

 


Published :२ आश्विन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media