नेकपा (एमाले) बूढानिलकण्ठ १० ले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

राष्ट्रपाटी न्युज

१६ आश्विन २०७८

काठमाडौं । नेकपा एमाले बूढानिलकण्ठ नगरपालिका वडा नं १० ले यस बर्षको बडादशैँ, शुभदिपावली एबम छठ लगायतका पर्वको अबसरमा शुभकामना आदानप्रदान एबम चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामि असोज २१ गते घटस्थापनाको दिन बिहान ७ बजे मिलनचोक पार्टी भेन्यु कपनमा कार्यक्रम आयोजना गर्न लागिएको नेकपा एमाले बूढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटि अध्यक्ष जगत निरौलाले जानकारी दिएका छन्।

यस वडामा गत स्थानीय निर्बाचनमा वडाध्यक्ष सहित सबै जनप्रतिनिधि जितेको एमालेले उक्त कार्यक्रममा वडा भित्र बसोबास गर्ने सम्पूर्ण बुद्दिजिवि, समाजसेवी, युवा बिधार्थी लगायत सयौको संख्यामा सहभागी गराउने जनाएको छ।

उक्त कार्यक्रमको तयारी स्वरूप उक्त पार्टीले वडा कमिटि लगायत पार्टीका अनेमसंघ, राष्ट्रिय युवा संघ सहित सम्पूर्ण जनबर्गिय संगठन परिचालन गर्ने र घर घरमा निमन्त्रणा पुर्याउने योजना बनाएको सचिव शम्भु पौडेलले जानकारी दिएका छन्।


Published :१६ आश्विन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media